नौ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश महिला विभागको आयोजनामा कार्यशाला सम्पन्न
धनकुटा । नेपाल पत्रकार महासंघ काेशी प्रदेश महिला विभागकाे आयाेजनामा सम्पन्न कार्यशालाले ९ बुँदे घाेषणापत्र जारी गरेकाे छ ।
आज विराटनगरमा सम्पन्न कार्यशालाले पत्रकार महिलाहरुकाे पेशागत,भाैतिक तथा आर्थिक सूरक्षाकाे सुनिश्चत गर्नु पर्ने, पत्रकार महिलाहरुले सञ्चालन गरेकाे स्वराेजगार मूलक सञ्चार माध्यमहरुलाई टिकाई राख्न तीनै तहका सरकारले विशेष सेवा सुविधा उपलब्ध गराउन पर्ने, मिडिया हाउसलाई महिलामैत्री बनाउन पर्ने,आदिवासी जनजाती,दलित अल्पसंख्यक पत्रकार महिलाहरुलाई पेशा प्रति आकर्षित गर्दै यहि पेशामा टिकाई राख्न विशेष व्यवस्था गर्न पर्ने,गर्भावस्था सुत्केरी अवस्थामा श्रमजीवि पत्रकार ऐनले व्यवस्थाले ताेके अनुसारकाे सेवासुविधा उपलब्ध गराउन, पत्रकार महासंघकाे नेतृत्व तहमा पत्रकार महिलाहरुलाई सहभागी गराउन लगायतका ९ बँदे घाेषणा पत्र जारी गरेकाे हाे ।
कार्यशालाको उद्घाटन् प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री सम्शेर राईले गर्नु भएकाे थियाे । प्रदेशका १४ वटै जिल्लाका पत्रकार महिलाहरुले सहभागिता जनाएकाे कार्यशालाकाे अध्यक्षता नेपाल पत्रकार महासंघ काेशी प्रदेश कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गानाले गर्नु भएकाे थियाे ।
स्वागत मन्तव्य महासंघका प्रदेश उपाध्यक्ष तथा महिला विभाग संयाेजक हिमा चेम्जाेङले राख्नु भएकाे भियाे । कार्यशालामा पत्रकारीताकाे माध्यमबाट समाजमा लामाे समय याेगदान पुर्याएका विभिन्न जिल्लाका ६ जना पत्रकार महिलाहरुलाई सम्मान गरिएकाे थियाे ।


