झापा, मोरङ र उदयपुरबाट लागुऔषध सहित १० जना पक्राउ

बिराटनगर, फागुन ३० । झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र औषधी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चिता अभियान २०८० को कार्य योजना अनुसार लागुऔषध नियन्त्रण तथा पक्राउ अभियानमा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएका बिशेष प्रहरी टोलीले मंगलबार झापा जिल्लाको बिभिन्न स्थानहरुबाट ११ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर र नगद ८ हजार २ सय २५ रुपैया सहित ७ जनालाई पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका- ९ बाट सुन्दरहरैचा- १० का २४ बर्षीय मोहमद अस्लाम र ३३ बर्षीय नबराज खड्कालाई १ ग्राम ६७० मिलिग्राम ब्राउनसुगर सहित ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय जलजले उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा- ६ बाट त्रियुगा- ३ का १९ बर्षीय कृष्ण चौधरीलाई प्रतिबन्धित औषधी प्रोमोथेजिन्ङ, डाईजेपामर र ब्रुपिनोरफिन गरी जम्मा १८ एम्पुल सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।