अपडेट :धरानबाट घोरेटार जांदै गरेको जीप दुर्घटना,मृतक अधिकांश हतुवागढी गाउंपालिकाका(नाम सहित)

उदयपुर । सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोलेरोमा सवार रहेका चालक हतुवागढी गाउँपालिका-२ का ४२ बर्षीय मान बहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका-२ की ७० बर्षीया पर्वतमाया राई, २३ बर्षीय चन्द्र प्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका-९ का ६८ बर्षीय पदम बहादुर थापा, हतुवागढी गाउँपालिका-५ की ३० बर्षीया राम कुमारी राई, र सुनसरीको ईटहरीका ४५ बर्षीय कमल अधिकरीको घटनास्थलमा र हतुवागढी गाउँपालिका-५ का ४२ बर्षीय किसान राईको धरानको बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका-५ का ३७ बर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका-६ भोजपुरकी २० बर्षीया मिनु राई, सोही स्थानकी ३६ बर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका-२ की ३२ बर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका-१ का १७ बर्षीय सुनिल परियार, सोही स्थानकी १७ बर्षीया सबिना परियार, ईटहरी-१७ सुनसरीकी ३४ बर्षीया गायित्री कट्वाल, उनकै ८ बर्षकी छोरी निकिता कट्वाल र ईटहरी-१७ की २९ बर्षीया रमा थापाको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।