सुनिता राई सहित ४ जना पक्राउ

मोरंग । गत फागुन ३० गते मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता राईको घरमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित सुनिता राईलाई पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले निजको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, ३.५ केजी अवैध लागू औषध गाँजा र नेपाली नगद रू ५ लाख ३८ हजार २ सय ५०, डिजिटल तराजु २ थान र विभिन्न कम्पनीको मोवाईल २ थान समेत बरामद गरिएको छ ।

त्यसै गरी मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ गछिया स्थितमा सोही स्थान बस्ने २३ बर्षिय प्रज्वल सुवेदी र सोही स्थान बस्ने २० बर्षिय आशिष ठाकुरले आफ्नो पाईन्टको गोजीमा फेनारग १० थान, डाईजेपाम १० थान, एभिल १० थान र लुपिजेसिक १० थान सहित पैदल हिडि रहेको अवस्थामा पक्राउ गरिएको छ ।

सोही मितिमा सुन्दरहरैचा नगरपालिका-५ बलिया स्थितमा सोही स्थान बस्ने २४ बर्षिय संगम आचार्यलाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले १० थान डाईजेल्याव, ४ थान लुपिजेसिक र २ थान एभिल सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा दिन ४ (चार) म्याद थप गरी विस्तृत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।