झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर, चैत ३ । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो ४ बजे मोरङको बिराटनगर महानगरपालिका १५ स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बराह्रक्षेत्र नगरपालिका- ६ सुनसरीका ३० बर्षीय बिजय कुमार राउतलाई लागुऔषध ब्राउनसुगर १६ ग्राम ८८ मिलिग्राम सहित पक्राउ गरेको हो ।

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका- ५ स्थितबाट नियन्त्रित औषधी ट्रमानिल र स्पास्मो गरी जम्मा ७०८ ट्याबलेट सहित बराहक्षेत्र- ४ का २१ बर्षीय गोविन्द खत्रीलाई प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय अनारमनीबाट झापाको अर्जुनधारा नगरपालिका- ६ स्थित खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा ४ के.जि. ६५० ग्राम सहित ७४ बर्षीय भरोसी यादव, ३९ बर्षीय गोपाल यादव र कचनकवल- ७ का २७ बर्षीय अरबिन भट्टराईलाई पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖