तरकारीबालीमा रसायन किटनाशकको सट्टा घरमै जैविक किटनाशक बनाइ प्रयोग गरौ

राजेश्वर मण्डल । नेपालमा अहिले भीष्म तथा तिब्र गतिमा रसायन बिषादी, मलखादहरुको प्रयोग भैइरहेको छ तर यस्को अनियन्त्रित प्रयोगबाट वातावरण, माटो, बाली, र मानिसको स्वस्थ समेत नकारात्मक असर पर्दै छ भने कतिपय स्वास्थ्य निकाय र अनुसन्धानकर्ताले व्याख्या गरेका छन। बजारमा उपलब्ध धेरै प्रकारका रसायनिक बिषादी र मल्लखाद प्रयोग गरि किसानहरु आफ्नो बालीमा लागेको रोग किराहरुको आक्रमणबाट बचाउने गर्छन तर यसको निरन्तर प्रयोगबाट ती रोग किराहरु त्यस बिषादीप्रती अवरोधक बनी सजिलै बालीप्रती प्रेरित रहन्छ्न। जसले गर्दा जति पनि रसायनिक बिषादी प्रयोग गर्दा पनि तिनीहरुमा खासै असर देखिदैन ।

तसर्थ हामीले रसायनिक बिषादीबाट वातावरणमा हुने नोक्सानको मागदर्शन हेरि जैविक खेतीतिर कदम उचाल्नु पर्छ । जैविक खेतिमा जैविक वस्तुहरुबाट बनाइएको झोल्मोल, जैविक किटनाशक र जैविक ढुसिनाशक प्रयोग गरि बालीनालीमा लागेको रोग, किरालाई नियन्त्रण गर्न सकिन्छ ।

तल उल्लेखित जैविक बिषादी बनाउने तरिका र प्रयोग गर्ने विधि अपनाइ रसयानिक विषादिको प्रयोग न्यून गर्न सकिन्छ।

१. अग्निअस्त्र ( जैविक किटनाशक )

बनाउने विधि :
एउटा स्टिलको ड्रम लिनुहोस्। त्यसमा 10 लिटर गाईको पिसाब हाली करिब १० मिनेट सम्म तातो गरेर १ किलो सुर्तीको पातलाई पिसेर पेस्ट बनाइ यसमा थप्नुहोस्। त्यसपछि ५०० ​​ग्राम हरियो खुर्सानी र ५०० ग्राम लसुन कुचेर घोलमा हाल्नुहोस्। १० मिनेटको लागि काठको डण्डीबाट हलचल गराइ त्यसमा ५ किलो नीमको पेस्ट हाल्नुहोस् र फेरि १० देखि १५ मिनेटसम्म मिलाउनुहोस्। घोललाई चिसो पारेर फिल्टर कपडाको मद्दतले अर्को भाँडोमा फिल्टर गर्नुहोस् र फिल्टर गरिएको घोल ड्रमलाई ४८ घण्टाको लागि ढाक्नुहोस्। त्यसपछी यो घोल किटनाशकको रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रयोग गर्ने विधि ;
• १० लिटर अग्नियस्त्रलाई २०० लिटर पानीमा मिसाएर १५ दिनको अन्तरालमा बेलुका बालिमा स्प्रे गर्ने ।
• यसले बालिमा लागेका लगभग सबै किराहरुलाइ नियन्त्रण गर्छ जस्तै स्टेम बोरर, फ्रुट बोरर, पोड बोरर, लीफ फोल्डर, गल मिज, हरियो फ्याडिस आदि।
• यो तरकारी बाली, फलफूल र वृक्षारोपण बाली र फ्लोरिकल्चर मा प्रयोग गर्न सकिन्छ।
• अग्निअस्त्रलाइ ६ महिना सम्म सुरक्षित राखी प्रयोग गर्न सकिन्छ।

२. जैविक ढुसिनाशक

बनाउने विधि-१ ;
एउटा प्लास्टिक ड्रममा १० लिटर पानी राखी त्यसमा ३०० मिलिग्राम छाछ ( दहि को महि ) मिसाइ करिब ५ मिनेट राम्रो सङ डण्डीको मद्दत बाट चलाउने । त्यसपछी ती घोल ढुसिनाशकको रुपमा प्रयोग गर्न सकिन्छ ।

बनाउने विधि-२ ;
अदुवाको धुलो २० ग्राम प्रतिलिटर पानीका दरले घोल्ने र १५ दिनको फरकमा ३ चोटि बालीमा प्रयोग गर्ने । यसले खराने रोग, धानको खैरो थोप्ले रोग, आलु र धानको फेद कुहिने रोगको नियन्त्रण गर्न सक्ने पाइएको छ ।

प्रयोग गर्ने विधि ;
• यो जविक ढुसिनाशकलाई आफ्नो तरकारी बालीमा लागेको रोगलाइ नियन्त्रित गर्न सकिन्छ।
• यो झोलमोल बेलुकामा मात्र प्रयोग गर्ने ।
• यो ढुसिनाशकलाई ३ भित्रमा प्रयोग गरि सक्नु पर्छ।

(लेखक प्रसौनी -४ स्थाइ हाल भारतको पन्जाब टेक्निकल युनिर्भसिटीमा कृषि स्नातक तहको अन्तिम बर्षमा अध्यनरत छन् ।)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖