विराटनगर महानगरद्वारा तीर्थयात्रा र अवलोकन भ्रमणमा जाने ज्येष्ठ नागरिकको विदाई

विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको छ ।

विराटनगर वडा नम्बर १ को आर्थिक सहयोगमा सो वडाका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको हो । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका वडाध्यक्ष काजीबहादुर बस्नेतले तीर्थयात्रामा जाने ज्येष्ठ नागरिकहरूलाई विदाई गर्नुभयो ।

उहाँहरूले खादा लगाएर सफल यात्राको समेत कामना गर्नुभएको थियो । वडाले ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्चको संयोजनमा तीर्थयात्रामा लगेको वडाध्यक्ष बस्नेतले बताउनुभयो । वडाले हरेक वर्ष ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा लाने गरेको उहाँले जानकारी दिनुभयो । मौलाकाली, स्वर्गद्वारी, रिडी, लुम्बिनीलगायत विभिन्न धार्मिकस्थलको भ्रमणपछि ज्येष्ठ नागरिकको टोली एकहप्तामा विराटनगर फर्किने मञ्चका सचिव ईश्वर खतिवडाले जानकारी दिनुभयो ।

महानगरले तीर्थयात्रामा लगेकोमा ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन् । भ्रमणमा सहभागी ज्येष्ठ नागरिक टीकाप्रसाद निरौलाले महानगरले अत्यन्तै राम्रो काम गरेको बताउनुभयो । महानगर र वडा समितिको जति नै प्रशंसा गरे पनि कमी हुने निरौलाको भनाइ थियो । स्वास्थ्यकर्मी, जनप्रतिनिधिसहित ५५ जनाको टोली भ्रमणमा गएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । उहाँका अनुसार वडाको २ लाख रुपैयाँ बजेटबाट ज्येष्ठ नागरिकलाई भ्रमणमा लगेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।