संखुवासभामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु

संखुवासभा, चैत ४ । संखुवासभाको सभापोखरी गाउँपालिका- २ ज्यामिरे स्थितमा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ ।

गत शुक्रबार बेलुका विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ बर्षीय रविन चाम्लिङ राई र २६ बर्षीय सहन्शिल राई बिच आपसि विवाद हुँदा सहन्शिल राईले रविन चाम्लिङ राईलाई धारीलो हतियार खुकुरी शरिरको बिभिन्न भागमा प्रहार गरि घाईते बनाई फरार भएका थिए ।

घाईते रविन चाम्लिङ राईको जिल्ला अस्पताल संखुवासभामा उपचार पश्चात थप उपचारको लागि धरान घोपा पठाईएकोमा उपचारको क्रममा शनिबार बिहान साढे ७ बजे मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी धुपुबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न सहन्शिल राईलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।