कोशीमा फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर । इलाका प्रहरी कार्यालय चक्रघट्टी, सुनसरीमा कार्यरत प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना र इलाका प्रहरी कार्यालय पथरी मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक किशोर भट्टराई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिनाले फागुन महिनामा प्रदेश ०१-०२-००१ ज ४०५० नं. को गाडी सहित ४०६ के.जी. ९४० ग्राम गाँजा सहित दुई जनालाई पक्राउ गरेको, को १ च २९३७ नं. को एम्बुलेन्समा २७३ के.जि. १३० ग्राम गाँजा बरामद गरी फरार रहेका ६ जनालाई पक्राउ गरेको, सप्तकोशीको वाढी नियन्त्रण गर्न लगाईएको पर्क्युपाईन (त्रिखुट्टी) पिलर थान- ५२ चोरी गर्ने ४ जना मानिस पक्राउ गरेको, युवतीलाई आफ्नो काबुमा पारी जबरजस्ती करणी उद्योग गर्ने जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. २ बस्ने सुनिल सिटौलालाई पक्राउ गरेको, बहु-बिवाह मुद्दामा फरार जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ०८ बस्ने २ जना प्रतिवादी पक्राउ गरेको, जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ०५ कालाबञ्जरमा तास खेलिरहेको अवस्थामा ५ बुङ तास, १०,७३०।– नगद रुपैया सहित ५ जना मानिसहरु नियन्त्रणमा लिएको, सम्मानित अदालतहरूबाट बिभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका अभियुक्तहरु ७ (सात) जनालाई नियन्त्रणमा लिनुका साथै बिभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी आफूलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी सुनसरीमा कार्यरत प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना र मिति २०८०/११/२१ गते अं. २२:१० बजेको समयमा जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ लामाटोलीमा १५ वर्षिय बालिकालाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी काटी कर्तब्य गरी मारेको घट्नाको अनुसन्धानमा SOCO को रुपमा खटिई घट्नास्थलको सुक्ष्म अनुसन्धान गरी घट्नास्थलमा रहेको संकित व्यक्तिको फुट प्रिन्ट सुरक्षित तरिकाले संकलन गरी सोही फुटप्रिन्ट समेतको आधारमा जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. २ बस्ने अभियुक्त वर्ष ३८ को धिरेन कुमार खाँ चौधरीसँग घट्नाको सम्बन्ध स्थापना गर्न सफल भई उच्च मनोबलका साथ कार्य सम्पादन गर्ने इ.प्र.का.पथरी मोरङ कार्यरत प्रहरी सहायक निरीक्षक किशोर भट्टराईलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले कोशी प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा कोशी प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।