झापा र सुनसरीबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जना पक्राउ

बिराटनगर, चैत ५ । झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका ६ बजे झापाको दमक नगरपालिका- ८ स्थितमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ बर्षीय शेखर परियार र २१ बर्षीय रोहित साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध ब्राउन सुगर ५ ग्राम बरामद गरी पक्राउ गरेको छ ।

यसै गरी हिजो दिउसो साढे १२ बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले हिजो १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर सहित २३ बर्षीय मनिष चौधरीलाई कन्काई नगरपालिका- ८ बाट पक्राउ गरेको हो ।

यसै गरी हिजै बेलुका सवाँ ६ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका- ७ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले साइकलयात्रीलाई शंका लागि चेकजाँच गर्ने क्रममा साइकल चालक स्थानीय २० बर्षीय रोहन राई र सोही साइकलमा पछाडी सवार बराहक्षेत्र- २० का समिर दर्जीको साथबाट नोफिन, एभिल, डाइजेपाम, ट्रमानिल, नाइट्रोसन, प्रोमेथोजिन गरी जम्मा ५६ ट्याब्लेट र सिरिन्ज ४ थान फेला पारी पक्राउ गरिएको छ ।

पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।