गृहिणीका समस्या बुझ्दै महानगर ! मदिरा नियन्त्रण र रोजगार उपलब्ध गराउन गृहिणीहरूको माग

विराटनगर । विराटनगर महानगरपालिकाले गृहिणीका समस्या बुझ्न विशेष कार्यक्रम सञ्चालन गरेको छ ।

‘उपमेयरसित गृहिणी’ नाम राखेर महानगरले विशेष कार्यक्रम सञ्चालन गरेको हो । महानगरले सबै वडाबाट कुनै संघसंस्था र राजनैतिक दलमा आबद्ध नभएकोका वास्तविक गृहिणीहरूलाई भेला बनाएर उनीहरूको समस्या बुझेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । अझै पनि धेरै महिलालाई आफ्ना अधिकारका विषयमा जानकारी नभएको भन्दै कार्कीले संविधान प्रदत सबै किसिमका अधिकारबारे सहभागीहरूलाई जानकारी गराएको बताइन् ।

मेयर नागेश कोइरालाले आफ्ना समस्याबारे खुलस्त राख्न आग्रह गरेका थिए । उनले केही समस्या परे सिधै महानगरमा आउन अनुरोध गरे । विराटनगरको सरसफाईमा गृहिणीहरूको अहम् भूमिका हुने चर्चा गर्दै मेयर कोइरालाले घरआँगन मात्रै नभएर आफ्नो घर अगाडिको सडकसमेत सफा राख्न आग्रह गरे । “तपाईंहरूले आफ्नो घर आँगनसँगै अगाडिको सडक पनि सफा राख्नुहोस्,” उनले भने, “सबै घरको अगाडि सफा भए समग्र विराटनगर सफा हुन्छ ।”

मेयर र उपमेयरको उपस्थितिमा विराटनगरका सबै वडाका गृहिणीहरूलाई बोलाएर उनीहरूका समस्या र सुझाव सुनेको कानुन शाखाकी प्रमुख शारदा थपलियाले बताइन् । यसरी कार्यक्रम गर्दा गृहिणीहरूमा बोल्ने क्षमताको विकास र आफ्ना समस्या कहाँ गएर कसरी राख्ने भन्ने विषयमा जानकारी हुने थपलियाको भनाइ थियो । न्यायिक समितिका सदस्य तीर्थेन्द्र नेउपानेको समेत उपस्थितिमा भएको कार्यक्रमका सहभागीहरूले मदिरा नियन्त्रण र रोजगारी दिन प्रमुखता साथ उठाएका थिए । मदिरा सेवनले गर्दा श्रीमान र ससुराले घरमा दुःख दिने गरेको गुनासो पोखेका थिए ।

विराटनगर वडा नम्बर १८ की ६५ वर्षीया पार्वतीदेवी यादवले मदिराका कारण गृहिणी महिलाहरूले समस्या झेल्नुपरेको दुखेसो पोखिन् । उनले मदिराको बिक्रीवितरण रोक्नुपर्नेमा जोड दिइन् ।

विराटनगर–१४ की मुन्नीदेवी यादवले बेरोजगार भएका कारण घरव्यवहार चलाउन समस्या भएकाले जागिर मागिन् । बेरोजगार भएर बस्दा घरपरिवारबाट समेत अपहेलित हुनुपरेको उनको भनाइ थियो ।

विराटनगर–१८ की शर्मिला साहले सडक बनाइदिन आग्रह गरिन् । उनले सडक नबन्दा छोराछोरीलाई विद्यालय जान निकै समस्या भएको गुनासो पाखिन् । विराटनगर–१२ की सुशीलादेवी राजवंशीले विभिन्न तालिम सञ्चालन गरेर गृहिणीहरूलाई स्वरोजगार बनाउन आग्रह गरिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖