प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलनको तयारी तीव्र

काठमाडौ । गैरआवासीय नेपाली संघको दुई दशकको इतिहासमै महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै पहिलो पटक ‘महिला सशक्तिकरणको आधार, रोजगारी, उद्यम र व्यापार’ भन्ने मुल नारासहित प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन २९ र ३० जुन २०२४ मा काठमाडौंमा आयोजना गर्न लागेको छ ।

यसैको तयारीका लागि आज (२० मार्च २०२४) विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुलाई आमन्त्रण गरी संघको सचिवालयमा प्रथम बैठक सम्पन्न भएको छ ।

बैठकमा कमला पराजुली (अध्यक्ष, राष्ट्रिय महिला आयोग), माननीय लिली थापा (सदस्य, राष्ट्रिय मानव अधिकार आयोग), शत्र गुरुङ (अध्यक्ष, पौरखी), मञ्जु गुरुङ (संस्थापक अध्यक्ष, पौरखी) टिका दाहाल (अध्यक्ष, नेपाल महिला अपाङ्ग संघ) चरीमाया तामाङ(शक्ति समूह अध्यक्ष), साबित्रा शाह (महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, विष्णु ओझा (माननीय सदस्य, राष्ट्रिय समावेशी आयोग) लाई छलफलका लागि आमन्त्रण गरिएको थियो ।

यस्तै संघका तर्फबाट अध्यक्ष डा बद्री केसी, महिला उपाध्यक्ष, रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, अधिकृत कुनाल मिश्र लगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।