धरानमा विभत्स हत्या गरिएकी युवती कक्षा १२ पढ्ने सुमना श्रेष्ठ

सुनसरी । सुनसरीको धरान-१८ मा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन नजिकै हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । उक्त शव धरान-१६ बस्ने २१ वर्षीया सुमना श्रेष्ठको भएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएका एक व्यक्तिले युवतीको शव भुईँमा लडिरहेको देखेपछि बुधवार प्रहरीलाई खबर गरेका थिए । मृतकको घाँटीमा गहिरो चोट छ भने घटनास्थलबाट प्रहरीले धारिलो हतियार बरामद गरेको छ ।

अन्तै हत्या गरेर शव त्यहाँ फालेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘शव भएको स्थान एकान्त भएकाले कसैले चाल पाएका रहेनछन् । एक दिन अघि नै हत्या गरेको हुनसक्छ । घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्लका अनुसार युवती धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन् । ‘उनको हत्या कसले किन गर्‍यो भन्ने खुलेको छैन,’ मल्लले भने, ‘हामीले सुस्क्ष ढंगले थप अनुसन्धान अघि बढाएका छौँ । मृतक युवतीका अभिभावक आज जाहेरी लिएर यहाँ आउँदै हुनुहुन्छ ।’

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । श्रेष्ठको हत्यामा संलग्न व्यक्तिको खोजी कार्य पनि तीव्र पारिएको छ । घटनामा एक भन्दा बढीको संलग्नता पाइएको अनुसन्धानबाट खुलेको छ ।

अहिले शव पोस्टमर्टमका लागि बिपी प्रतिष्ठान लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले तालिमप्राप्त कुकुरको सहायतामा घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।