सुनसरीमा आगलागी पिडितलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा राहत सामाग्री वितरण
सुनसरी । सुनसरीको बर्जु गाउपालिका वडा नं. -४ जयनगरका १६ घरधुरी आगलागी पिडितहरुलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा राहत सामाग्री वितरण भएको छ ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरज्यूबाट १६ घरधुरीका पिडित परिवारहरुलाई १ बोरा चामल , १५ के.जी आलु , १ थान प्रेसर कुकर , १ कार्टन चाउचाउका साथै बालबालिकाहरुलाई कपी समेत वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा केन्द्रिय महासचिव अनुश्री पाख्रिन , प्रशासन सचिव अजिता देवकोटा बास्तोला, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष भावना श्रेष्ठ खापुङ तथा जिल्ला प्रहरी कार्यालयका सुनसरीका कार्यालय प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।


