धरानकी सुमना हत्या प्रकरणः प्रेममा दरार आएपछि हत्या, फरार युवक धनकुटाबाट पक्राउ

सुनसरी । बुधबार सुनसरीको धरान-१८ मा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन नजिकै मृत अवस्थामा भेटिएकी सुमना श्रेष्ठको हत्या उनकै प्रेमीले गरेको पुष्टि भएको छ ।

प्रहरीले श्रेष्ठको हत्यामा संलग्न युवकलाई पक्राउ गरिसकेको छ । २४ घण्टा बित्न नपाउँदै प्रहरीले हत्यामा संलग्न युवकलाई धनकुटाबाट पक्राउ गर्न सफल भएको हो । ती युवकलाई धनकुटाबाट धरान ल्याइसकेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रेम सम्बन्धमा धोका दिएपछि ती युवकले सुमनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या गरी फरार भएका भुजेल थरका युवकलाई बिहीबार धनकुटाबाट पक्राउ गरी धरान ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले तालिमप्राप्त कुकुरको सहायतामा घटनाको थप अनुसन्धान अघि समेत बढाएको थियो । सुमना धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

घटनाबारे शुक्रवार अर्थात आज पत्रकार सम्मेलनमार्फत संलग्न व्यक्तिलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । सुमनाको शव बुधवार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको थियो ।

सुमनाको शव पोष्टमार्टमपश्चात बिहीबार दाहसंस्कार भइसकेको छ ।
-स्कुपखबरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।