नवजात शिशुलाई अलपत्र अवस्थामा छाडेर हिड्ने महिला स्याङ्जाबाट पक्राउ

पोखरा । बच्चा जन्माएर अलपत्र अवस्थामा छाडेर हिडेकी एक महिलालाई प्रहरीले स्याङ्जाबाट पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर ३ काफलडाँडा कि ३९ वर्षीया माया भन्ने जयन्ती नेपालीलाई आफ्नै नवजात शिशुलाई अलपत्र अवस्थामा छाडेर हिडेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

अभियुक्त नेपालीले नवजात शिशुलाई जन्म दिएर घर नजिकै अलपत्र अवस्थामा छाडेर आफू अस्पताल गएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

डिएसपी रानाले शिशुलाई अचेत अवस्थामा घर नजिकै फेला पारेर छिमेकीले खबर गरेपछि प्रहरीको टोली गएर उद्धार गरेर स्याङ्जाको जिल्ला अस्पतालमा पुर्याइएकोमा उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको बताए ।

उनले कानुनी व्यवस्था अनुसार नवजात शिशुलाई त्याग्न नपाइने भएको हुँदा घटनामा संलग्न नेपालीलाई ज्यान मुद्दामा स्याङ्जा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।