झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जना पक्राउ

बिराटनगर, चैत ९ । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर १६ ग्राम ९५० मिलिग्राम र प्रतिबन्धित औषधी abbott, Diazepam गरी जम्मा १४७ एम्पुल र नगद ११ हजार ८ सय रुपैया सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ भने सोहि दिन मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगर, औषधी एभिल, लुपिजेशिक गरी १२ ट्याब्लेट र २४ के.जी अवैध गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको छ ।

त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- १ पिपल चौकबाट १ ग्राम २४० मिलिग्राम र नगद ८ हजार ५ सय रुपैया सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।