इटहरीमा भट्टराई दम्पतिको एकै दिन निधन

इटहरी । इटहरी–१३ खनारमा श्रीमान-श्रीमतीको एकैदिन निधन भएको छ । एकैदिन निधन भएका दुवैको शवलाई एकै चितामा दाहसंस्कार गरिएको आफन्तले बताएका छन् ।

एउटै तिथिमा श्रीमान श्रीमतीको मृत्यु हुनु दुर्लभ भएको मलामी आएकाहरुले बताएका छन् । यसअघि स्याङ्जा लगायतका जिल्लामा पनि यस्ता घटनाहरु भएको थियो ।

इटहरी-१३ की ७८ वर्षीया नर्वदा भट्टराईको मङ्गलबार ८ बज्न १५ मिनेट बाँकी रहदा मृत्यु भएको थियो । घरपरिवारमा रुवाबासी दुःख मनाउ भइरहँदा नर्वदाको ८६ वर्षीय श्रीमान टिकाप्रसाद भट्टराईको पनि ह्यदयघातका कारण मृत्यु भएको आफन्तले बताएका छन् ।

दुवै जनाको शवलाई इटहरीमा परिक्रमा गराई स्थानीय बुढीखोलामा एकै चितामा दाहसंस्कार गरिएको स्थानीयले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖