दमकमा भैंसीलाई पानी खुवाउने क्रममा पैनीमा डुबेर १ जनाको मृत्यु
झापा, चैत १० । झापाको दमक नगरपालिका- २ स्थितमा पैनीमा डुबेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । हिजो दिउँसो ११ बजे धिमालले सोहि स्थानमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक डुबी घाईते भएका थिए । घाईते उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा धिमालको उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।


