‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को उपाधी आर्या र मननलाई

इटहरी । ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्कार सम्पन्न भएको छ । आईतवार इटहरीको लायन्स क्लबमा सम्पन्न भएको ग्रान्ड फिनालेबाट गर्ल्स तर्फ आर्या बस्नेत बिजेता भएकी छन् भने ब्वाईज तर्फ मनन लुइँटेलले उपाधी हात पारेका छन् ।

उपाधी बिजेता बस्नेत र लुइँटेलले २५/२५ हजार नगदका साथमा अन्य थुप्रै पुरस्कारहरु प्राप्त गरेका छन् । यस्तै गर्ल्स तर्फ नुमा राई फर्स्ट रनरअप, सृष्टि दाहाल सेकेन्ड रनरअप र दिब्यान्शी पोख्रेलले पब्लिक च्वाइसको अवार्ड हात पारे ।

यता ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’ दोश्रो संस्करणको ब्वाइज तर्फ फर्स्ट रनरअप दिक्षित सुवेदी र सेकेन्ड रनरअप गौरव गिरि हुँदा पब्लिक च्वाईसको अवार्ड सामिप्य श्रेष्ठले हात पारेका छन् । ड्रिम मोडलिङ एजेन्सिको आयोजनामा भएको ग्राण्ड फिनालेमा ५८ जना बालबालिकाहरुको सहभागीता रहेको थियो ।

इटहरीका विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी भएका बालबालिकाहरुलाई र्याम्प वाल्क सहित ज्ञानवर्धक कुराहरुको प्रशिक्षण दिइएको आयोजक संस्थाका प्रवन्ध निर्देशक सौरभ मान भण्डारीले जानकारी गराए ।

ग्राण्ड फिनाले कार्यक्रम इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने फिनालेको मुख्य निर्णायकमा मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का रहेकी थिइन् भने अन्य निर्णायकहरुमा म्यान अफ द ईयर तथा काजी प्रोडक्सनका फाउन्डर सुशान्त काजी श्रेष्ठ, मिसेस नेपाल वर्ल्ड २०२४ कि बिजेता पृथ्वीब्या थापा, सामाजिक अभियान्ता तथा इभेन्ट अर्गनाइजर निश्चल मोहन पालिखे रहेका थिए भने एसियन थाई फुडकी निर्देशक तथा कुरा हेल्थकी प्रवन्ध निर्देशक, चट्टरबक्स संचालिका र महिला उद्धमी समिती उद्धोग संगठनकि उपाध्यक्ष जयश्री बग्री जाजु समेत निर्णायकको रुपमा रहेकी थिइन् । प्रतियोगिताको कोरियोग्राफरको रुपमा एलिना थापा र प्रसना राउत रहेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।