ईटहरीमा सवारी दुर्घटना, १ जनाको मृत्यु
सुनसरी, चैत १४ । सुनसरीको ईटहरी उप-महानगरपालिका- १० स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
हिजो दिउँसो साढे ३ बजे ईटहरीबाट बिराटनगर तर्फ आउदै गरेको मे.१ ख २७३४ नम्बरको बस र बिपरित दिशातर्फ जादै गरेको को. २९ प ४७६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक ईटहरी- ५ का ३७ बर्षीय भोज कुमार श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो ।
घटनामा संलग्न बस र चालक ५९ बर्षीय बद्री नारायण पाण्डेलाई इलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।
