कला संस्कृतिको संरक्षणमा लाग्नु पर्नेमा मेयर कोइरालाको जोड

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा र संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल मगर संघ विराटनगर महानगर समितिले आयोजना गरेको ३१ दिने नौमती बाजा प्रशिक्षण एवं मगर बाजा तथा संस्कृति संरक्षण समारोहको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मेयर कोइरालाले भाषा, कला र संस्कृति पाश्चात्य संस्कृतिको अतिक्रमणमा परिरहेको बताउनुभयो । उहाँले आफ्ना मौतिक कला र संस्कृतिलाई भुलेर पाश्चात्य संस्कृतिसित जोडिन थालेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो ।

“आफ्नो कला र संस्कृतिको संरक्षणमा हामी आफैं लाग्नुपर्छ,” उहाँले भन्नुभयो, “हामीले आफ्ना मौलिक संस्कृतिलाई बिर्सिन लागिसकेका छौं । यस्ता प्रशिक्षणले कला संस्कृतिको संरक्षणमा सहयोग पुग्ने मैले विश्वास लिएको छु ।”

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, स्नातकोत्तर क्याम्पसका प्रमुख ढकबहादुर मगर, आयोजक संस्थाका अध्यक्ष कुबेरबहादुर मगर, सचिव ममता मगरलगायतले जन्मेदेखि विभिन्न शुभकार्यमा नौमती बाजा प्रयोग हुने गरेको बताउनुभयो । उहाँहरुले प्रशिक्षण लिएर स्वरोजगार बन्न सकिनेमा समेत जोड दिनुभयो ।

विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा ३२ जना सहभागी छन् । प्रशिक्षणपछि उनीहरुलाई दुई समूहमा बाँडेर व्यावसायिक रुपमा आयआर्र्जनमा लाग्ने संघका अध्यक्ष कुबेरबहादुर मगरले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।