कोशी प्रदेश प्रहरी प्रमुख खापुङद्वारा आवास भवन तथा भान्सा घरको उद्घघाटन

मोरङ । इलाका प्रहरी कार्यालय बेलबारीको हाता भित्र निर्माण भएको नव निर्मित आवास भवन तथा भान्सा घरको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्धघाटन गर्नु भएको छ ।

प्रदेश प्रहरी प्रमुख खापुङको प्रमुख आतिथ्यता तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा नव निर्मित आवास भवन तथा भान्सा घरको शिलालेख अनावरण गरी बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।

नव निर्मित आवास भवनको समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वहाँले नयाँ आवास भवन प्रहरीलाई प्राप्त भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हुदै जाने धारणा ब्यक्त गर्नु भयो । भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना भई थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिल्ने बताउनु भयो ।

यसका साथै वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।

उक्त कार्यक्रममा सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाई, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, केराबारी गाउँपालिका प्रमुख सुमन मिरिङचिङ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरीष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी गणका गणपती प्रहरी उपरिक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नबराज कार्की, बिभिन्न संघ सस्थाका प्रमुख, राजनितक दलका प्रतिनिधि लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।