वरिष्ठ साहित्यकार परशु प्रधानको योगदानको चर्चा

विराटनगर । नेपाल भाषा साहित्य र राष्ट्रसेवामा वरिष्ठ साहित्यकार परशु प्रधानको योगदान अतुलनीय रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

विराट साहित्य संगमको संयोजनमा शनिबार डेढ दर्जनभन्दा बढी संघसंस्थाले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्ने वक्ताहरुले परशु प्रधानको जति नै चर्चा गरे पनि कमी हुने बताएका हुन् । कार्यक्रममा अग्रज साहित्यकार एवं पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले परशु प्रधानले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पु¥याएको चर्चा गर्नुभयो । उहाँले साहित्यका माध्यमबाट शासकको चरित्र, सुशासन, समाज सुधार र लैंगिक समानतालगायतका विषयमा फरक ढंगबाट प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।

प्रधानले वाणी प्रकाशन स्थापना गरेर विराटनगरलाई साहित्यिक केन्द्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।
नागरिक समाजका अगुवा दिनेश श्रेष्ठले एकतन्त्रीय पञ्चायत शासनकालमा पनि प्रधानले आफ्ना लेखनमार्फत पञ्चायत शासनमा हुने भ्रष्टाचार, नेता र कर्मचारीका प्रवृत्तिलगायतलाई सशक्त रुपमा उठाउनु सामान्य कुरा नभएको टिप्पणी गर्नुभयो । साहित्यकार देवी पन्थीले प्रधानले वाणी प्रकाशन स्थापना गरेर धेरैलाई साहित्यकार बनाएको स्मरण गर्नुभयो ।

आफूलाई राष्ट्रियस्तरमै साहित्यकारका रुपमा स्थापित गराउन प्रधानको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले वरिष्ठ साहित्यकार प्रधानलाई आफूले गडफादरका रुपमा लिने गरेको बताउनुभयो । उहाँले आफ्नो साहित्यिक र व्यक्तिगत जीवनमा प्रधानले कहिल्यै तिर्न नसक्ने गुन लगाएको स्मरण गर्नुभयो ।

सो अवसरमा प्राध्यापक कविराज न्यौपाने, उपभोक्तावादी नेता कृष्णप्रसाद भण्डारी मार्सेली, अग्रज साहित्यकार मधु पोखरेल, रामबाबु दाहाल, समाजसेवी बाबुराम न्यौपानेलगायतले परशु प्रधान कुशल साहित्यकार, सम्पादक, संगठक भएको बताउनुभएको थियो । उहाँहरुले प्रधानका साहित्यिक, प्रशासनिक, पारिवारिक, सामाजिकलगायत फरक–फरक व्यक्तित्वका विषयमा चर्चा गर्नुभएको थियो ।

विराट साहित्य संगमको संयोजनमा भएको श्रद्धाञ्जलीसभामा परोपकार अभियान समूह, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, खोटा सामुदायिक सेवा मञ्च, बबरसिंह देवकुमारी थापा पुरस्कार गुठी, इन्द्रमोहन श्रेष्ठ स्मृति गुठी, नेपाल मुक्तक प्रतिष्ठान, कोशी, नेपाली लेखक संघ, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान, कृष्णभूषण बल स्मृति प्रतिष्ठान, नगेन्द्रप्रसाद आशालता रिजाल स्मृति प्रतिष्ठान, आरोहण गुरुकुल, राष्ट्रिय जनलेखक संघ, विराट आदर्श साहित्य मञ्चलगायत डेढ दर्जनभन्दा बढी संस्था आयोजकका रुपमा सहभागी भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।