उप्रेतीको ‘अन्धकारमा जून’ कवितासंग्रहको विमोचन

विराटनगर । साहित्यकार अम्विका खरेल उप्रेतीद्वारा लिखित कवितासंग्रहको विमोचन गरिएको छ ।

विराट साहित्य संगम विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उप्रेतीको ‘अन्धकारमा जून’ कवितासंग्रहको विमोचन गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं, अग्रज साहित्यकार विवश पोखरेल, बलराम पोखरेल, प्रा.डा. मेदिनीप्रसाद शर्मा, शोभा लामा बल, राममणि पोखरेल, आयोजक संस्थाका अध्यक्ष मधु पोखरेल, रामबाबु दाहाल, कमलमणि उप्रेतीलगायत साहित्यकारहरुले संयुक्त रुपमा कवितासंग्रह विमोचन गरेका थिए ।

विमोचित कृतिमाथि कवि एवं समालोचक हरिप्रसाद बरालले समीक्षा गरे । समीक्षक बरालले उप्रेतीले आत्माको मसीले कविता लेखेको बताए । उनले सो कवितासंग्रह अध्ययनपछि अहिलेको युग र वर्तमान परिवेश बुझ्न सहज हुने उल्लेख गरे । सरल भाषाशैलीमा लेखिएको संग्रहभित्रका कविता हरेक व्यक्तिको जीवनसित मेल खाने विषयवस्तु समावेश गरिएको समीक्षक बरालले बताए । कार्यक्रममा कवि उप्रेतीले आफ्नै जीवन भोगाइ र समाजका विषयवस्तुलाई कवितामा उल्लेख गरेको बताइन् ।

सो अवसरमा साहित्यकार भरत गुरागाईं बर्बरिक, विनारायण पण्डित सिंगल, कविता केशरी, प्रिन्स प्रमोद ढकाल, भवानी पोखरेल, उमानाथ घिमिरे, ऋषि तिवारी, भूपाल अधिकारी, रीता पाठक, कुमार श्रेष्ठ, शरद प्रधानांग, नानुमाया दाहाललगायतले कविता वाचन गरेकाा थिए ।

विराट साहित्य संगमले प्रकाशित गरेको संग्रहभित्र विभिन्न विषयवस्तुलाई आधार मानेर लेखेका ३७ वटा कविता समावेश आयोजक संस्थाका सचिव गोपाल निर्भीकले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।