जंगवहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता आजदेखि सुरु

धनकुटा । जंगवहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

डाँडाबजार फुटवल क्लवको आयोजनामा साँगुरीगढी गाउँपालिका वडा नं. ५ स्थित डाँडाबजार खेल मैदानमा आजदेखि प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगितामा आयोजक सहित आठ टिम सहभागी छन् ।

उद्घाटन खेलमा डाँगीहाट फुटवल क्लव, मोरङ र तालतलैया फुटवल क्लववीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल १ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै ३ बजेदेखि सुरु हुने दोस्रो खेलमा गाईघाट फुटवल क्लव, उदयपुर र निराज यूवा क्लव सुनसरी भिड्नेछन् । विजेताले उपाधी सहित २ लाख ५० हजार तथा उपविजेताले १ लाख ५० हजार रुपैया पाउने आयोजक डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार सुब्बाले बताए ।

प्रतियोगितालाई भव्य संचालन गर्न खेलमैदान स्तरोन्नोत्ति गरिएको छ । ५ सय दर्शक अट्ने क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । मैदान स्तरोन्नोत्ति र अस्थायी प्याराफिट निर्माणको लागि स्थानीय यूवाहरुले जनश्रमदान गरेका थिए । वडा भरि रहेका ९ वटा टोलका प्रत्येक टोलवाट ३/३ जना यूवाहरु मैदान सरसफाईमा खटिएका क्लवका कोषाध्यक्ष मणीकुमार देवानले बताए ।

भव्य रुपमा संचालन गर्न गाउँपालिका, वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्था, देश तथा विदेश वस्ने नेपालीहरुबाट सहयोग प्राप्त भइरहेको छ । प्रतियोगिता संचालनको लागि करिव ११ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।

‘डाँडाबजारको शान, खेलकुदवाट पहिचान’ भन्ने मूल नाराका साथ संचालन हुने प्रतियोगिताको मुख्य उद्देश्य ८–१३ उमेर समूहको खेलाडी उत्पादन गर्नु रहेको आयोजक समितिमा आवद्ध समेत रहेका ५ नं. वडाका वडाध्यक्ष खड्गवहादुर लिम्बूले बताए ।-एचआर न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।