जेठ १२ देखि प्रथम अन्तराष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप हुने

 

माेरङ, प्रथम अन्तराष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप जेठ १२ गतेदेखि हुने भएको छ । मोरङको पथरीशनिश्चरे १ स्थित प्रस्तावित पथरी रंगशालामा हुने गोल्डकप जेठ २१ गतेसम्म सञ्चालन हुने आयोजक संस्था पथरी ११ फुटबल क्लवले जनाएको छ ।

 

प्रतियोगितामा चर्ज ब्वाईज क्लव काठमाडौं, शस्त्र प्रहरी बल, नेपाल पुलीस र त्रिभुवन आर्मी गरी ३ विभागिय टिम र भारतको एउटा टिम सहित मोफसलमा रहेका चर्चित टिमहरु गरी १० टिमले प्रतियोगितामा समभागिता जनाउने आयोजकले जनाएको छ । 

 

प्रतियोगिताको विजेता टिमले ४ लाख र दोस्रो टिमले २ लाख नगद, ट्रफी र प्रमाण पत्रका साथै ८० हजार रुपैया बराबरको प्रथम ट्रफी र ६० हजार रुपैया बराबरको दोस्रो ट्रफी हात पार्ने प्रतियोगिताका संयोजक सुमन विश्वकर्माले बताए ।

 

गोल्डकप सम्पन्न गर्न करिव ४० लाख ८५ हजार रुपैँया लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताको खेल अवधिभर करिव ५० हजार दर्शकले खेल अवलोकन गर्ने अनुमान रहेको आयोजक समितका सचिव मणि लुङ्फुवा लिम्वुले बताए ।

 

पथरीमा धेरै समय पछि हुन लागेको यो ठुलो फुटबल प्रतियोगिता हो । यसअघि पथरीमा स्थानियतह गठन हुनुपूर्व दुई वटा गोल्डकप र स्थानियतह गठन भईसकेपछि दुई वटा पालिका स्तरिय फुटबल प्रिमियर लिग आयोजना भएका थिए। यसका अलावा ठुला फुटबल खेल हुन सकेका छैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।