विराटनगरका हरिमोहनले गरे १०० औं पटक रक्तदान

विराटनगर । विराटनगर ट्राफिकचोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले १०० औं पटक रक्तदान गरेका छन् ।

गोल्डेन अस्पतालमा उपचारत सप्तरी डाक्नेश्वरी पातो हटेलका चन्देश्वर रायका लागि उनले शनिबार (२०८१ बैशाख २२ गते) रक्तदान गरेका हुन् । रायलाई चाहिने रगत ए पोजेटिभ मिलेपछि श्रेष्ठले रक्तदान गरेको विरामी ज्वाईं रविन्द्रराय बताए ।

यसभन्दा अगाडि श्रेष्ठले गतसाको माघ ९ गते ९९ औं पटक रक्तदान गरेका थिए ।

श्रेष्ठले रक्तदान गरेका तीन महिना पुगेमा रगतको आवश्यक परेका विरामीलाई दिउँसो राति केही नभनी रगत दिंदै आएका छन् । उनले संख्या धेरै पु¥याउने भन्दा पनि दिएको रगत काम लागोस् भनेर रक्तदान दिने गरेका छन् । उनको यस पटक बैशाख ९ गते तीन पुगेर रगत दिन चाहे पनि २२ गते मात्र रक्तदान गरेका हुन् ।

खासगरी ताजा रगत चाहिएका विरामीका लागि उनी रगत दिन चाहने भएकोले तीन महिना १३ मा उनले रक्तदान गरेका हुन् । चालिस पटकसम्म प्राय रक्तदान कार्यक्रममा रगत दिदैं आएका उनले त्यसपछि भनेको जुनसुकै बेला ताजा रगतका आफू रक्तदान थालेको उनले बताए ।

अब उनलाई अझै पाँच वर्ष रक्तदान गर्न सकिन्छ भन्ने लागेको छ । यस आधारमा उनको एक सय बीस पटक पुग्ने सम्भावन छ । विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डा केएन ठाकुरको एक सय नौ पटकको कीर्तिमान छ । तर ठाकुरले अहिले वृद्धावस्थाका कारुण दिन छाडेका छन् । विराटनगरका अर्का रक्तदाता घनश्याम राठीले ६२ पटक रगत दिएका छन् । यस्तै नेपालमा प्रेमसागर कर्मचार्य (काठमाडौं) १७८पटक रक्तदान गरिसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖