पाख्रिबासमा तीन दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने
धनकुटा । धनकुटाको पाख्रिबासमा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
हेल्पिङ हेन्ड्स हेल्थ एजुकेशन अमेरिकाका अन्तराष्ट्रिय प्रेसिडेन्ट तथा संस्थापक नारायण श्रेष्ठ तथा स्त्री रोग विशेषज्ञ डा. कविता अधिकारीको नेतृत्वमा यही जेठ ४ देखि ६ गते सम्म उक्त शिविर संचालन हुने भएको हो ।
शिविर पाख्रीबास नपा वडा नं. ४ मा रहेको पाख्रीबास आधारभूत अस्पतालमा संचालन हुनेछ ।
शिविरमा स्त्री रोग विशेषज्ञ सेवा ,नि:शुल्क भिडियो एक्स-रे सेवा ,जेनेरल मेडिसिन सेवा ,निशुल्क ल्याव सम्बन्धि सेवा ,आँखा जाँच तथा नि:शुल्क चस्मा वितरण सेवा,दन्त रोग सम्बन्धि सेवा र नि:शुल्क औषधि वितरण सेवाहरु उपलब्ध रहनेछन् ।
शिविर पाख्रिबास नपाको आयोजना तथा टच हेल्पिंग हेन्ड्स पोलिक्लिनिक संखुवासभाको प्राविधिक सहयोगमा संचालन हुने जनाइएको छ ।


