पाख्रीवासमा संचालन भइरहेको नि:शुल्क स्वास्थ्य शिविरको पहिलो दिन ५ सय १० जनाले लिए सेवा,पाख्रीवास आधारभुत अस्पतालमा डिजिटल एक्स-रे र ल्याव सेवा सुरु
धनकुटा । धनकुटाको पाख्रीवासमा हिजोबाट सुरु भएको बृहत नि:शूल्क स्वास्थ्य शिविरको पहिलो दिन ५ सय १० जनाले सेवा लिएका छन् ।
नगरका आम नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै पाख्रीवास नगरपालिकाको आयोजना तथा टच हेल्पिङ हेल्थ पोलिक्लिनिक संखुवासभाको प्राविधिक सहयोगमा जारी स्वास्थ्य शिविरमा उल्लेखित संख्याका सर्वसाधारणले स्वास्थ्य सेवा लिएका हुन् ।
जेष्ठ ६ गते सम्म सञ्चालन हुने शिविरमा स्त्री रोग विशेषज्ञ सेवा,भिडियो एक्स रे, नि:शुल्क ल्याव सेवा,आँखा जाँच तथा चस्मा वितरण,दन्त राोग सम्बन्धि सेवा र नि:शुल्क औषधि वितरण सेवा दिईरहेको छ ।
यसैवीच पाख्रीवास आधारभुत अस्पतालमा हिजैबाट डिजिटल एक्स रे र ल्याव सेवा निरन्तर रुपमा सुचारु गरिएको छ ।


