बुद्धजयन्तीका अवसरमा निःशुल्क आँखा शिविर

विराटनगर । २५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा विराट बौद्ध संघ विराटनगरले निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।

विराटनगर–११ स्थित बुद्धबिहारमा आज आयोजित शिविरमा ८५ जनाले आँखाको चेकजाँच गरेका छन् । शिविरमा चेकजाँच गरेका मध्ये ९ जजनामा मोतियाबिन्दुको समस्या देखिएको संघका अध्यक्ष पुष्पधन शाक्यले जानकारी दिए ।

रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा २० वर्षदेखि ८६ वर्ष उमेर समूहका व्यक्तिहरुले आँखा जाँच गराएका थिए । रामलाल गोल्छा आँखा अस्पतालका दृष्टि विशेषज्ञ डा. राजेशकुमार यादव र नेत्र सहायक उमेश्वर साह नेतृत्वको टोलीले आँखाको चेकजाँच गरेको थियो । मोतियाबिन्दुको समस्या देखिएकाहरुको रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको अध्यक्ष शाक्यले बताए ।

काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालअन्तर्गतको हिमालयन क्याट्रक प्रोजेक्टसँगको सहकार्यमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्नुका साथै औषधिसमेत वितरण गरिनेछ । बुद्धजयन्तीका अवसरमा संघले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको । यसअघि संघले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।