ईटहरीमा रहेको अटो सिटि बजाज सोरुमका संचालक सन्थालियाद्वारा ट्राफिक प्रहरीलाई ४ थान बिद्युतिय टेम्पो हस्तान्तरण
सुनसरी, जेष्ठ १३ गते । ट्राफिक ब्यबस्थापनको सहजताका लागि ईटहरीमा रहेको अटो सिटि बजाज सोरुमका संचालक प्रदिप कुमार सन्थालियाले ट्राफिक प्रहरीलाई ४ थान बिद्युतिय टेम्पो प्रदान गर्नु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी परिसरमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा ब्यबसायी एवं समाजसेवी सन्थालियाले ४ थान बिद्युतिय टेम्पो प्रमुख अतिथि खापुङलाई प्रदान गर्नु भएको हो ।
सोही कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले उक्त बिद्युतिय टेम्पो ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई हस्तान्तरण गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि खापुङले सन्थालियालाई हार्दिक धन्यवाद दिनु हुँदै सवारी साधन प्राप्त भए संगै ट्राफिक काम कारवाहीमा थप राहत पुग्ने बिश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा समाजसेवी सन्थालियाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै ट्राफिक प्रहरीको काम कारवाहीमा सहजताका लागि बिद्युतिय टेम्पो प्रदान गरेको बताउनु भयो । उक्त कार्यक्रममा कोशी प्रदेशका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, सुनसरी जिल्लाका प्रहरी प्रमुख बिपिन रेग्मी लगायत ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


