उदयपुरको त्रियुगाबाट मोटरसाइकल चोरीमा संलग्न १ जना पक्राउ

उदयपुर, जेठ १४ गते । उदयपुरको त्रियुगा नगरपालिका-१२ सोनापुरबाट मोटरसाइकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत बिहिबार सोही स्थानको एक घरमा पार्किङ गरी राखेको प्रदेश नं. १-०५-००१ प २४६० नम्बरको मोटरसाईकल चोरी भएको भन्ने खबर प्राप्त भएसगै खोजतलासमा खटिएको प्रहरी टोलीले शुक्रबार उक्त मोटरसाईकल त्रियुगा नगरपालिका-११ इनार चोक स्थित वर्कशपमा मर्मत गर्ने क्रममा फेला पारी मोटरसाईकल चोरीमा संलग्न खोटाङ दिक्तेल मझुवागढी नगरपालिका-१७ का २६ बर्षीय अर्जुन प्रधानलाई नियन्त्रणमा लिएको हो ।

मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका प्रधानको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।