झापाको गौरादहबाट चिठी लेखेर दुई बालक बेपत्ता
झापा । झापाबाट २ नाबालक बेपत्ता भएका छन् ।
जिल्लाको गौरादह नगरपालिका १ बेलडागि चौक स्थायी बसोबास गर्दै आउनु भएका भुपेन खड्काका २ नाबालक छोराहरु बर्ष १४ का खगेन्द्र खड्का र देब खड्का नाम गरेका दाजुभाइ जेठ १५ देखि बेपत्ता भएका हुन् ।
बेपत्ता बालकहरु मोति माध्यमिक बिद्यालय गौरादह १ सितापुरीमा कक्षा ८ मा अध्ययनरत थिए ।
बालकहरुले खैरो पेन्ट,कोठे सट अनि कपडाको पंाडा जुत्ता लगाएका छन् ।
उनाहरुले बुबा आमा र दिदीलाई हाम्रो चिन्ता नलिनु हामीलाई नखोज्नु हामी गौरिगन्ज जान्छौं भनेर एउटा चिठी समेत लेखेर सिरानी मुनि राखेर बेपत्ता भएकाले जनाइएको छ ।
उक्त बालकहरुलाई कहीं कसैले देख्नु वा भेट्नु भएमा नजिकैको प्रहरी कार्यलय तथा निम्न मोबाइल नम्बरमा सम्पर्क गरिदिनु हुन परिवारजनले आग्रह गरेको छ ।
सम्पर्क मोबाइल न –
9814958713 सोम कार्की
9814904723 बुबा भुपेन खड्का

तस्बीर :सामाजिक संजाल


