मोरङ र सुनसरीबाट नियन्त्रित लागुऔषध गाँजा सहित ३ जना पक्राउ

बिराटनगर, जेठ १६ गते । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राती साढे ११ बजे मोरङको बिराटनगर- १४ जतुवा स्थितमा प्र. १-०२-००१ख ९२७० नम्बरको खाली सिलिन्डर बोकेको मिनिट्रक जतुवा खोलाको कच्चि सडक खण्डको साईडमा रोकेर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त मिनि ट्रकको पछाडी डाला भित्र कुचोले छोपी राखेको अवस्थामा १ सय ८१ के.जी. लागुऔषध गाँजा बरामद भएको थियो ।

ट्रकबाट लागुऔषध गाँजा बरामद भएसंगै चालक चैनपुर नगरपालिका- १ संखुवासभाका २७ बर्षीय लाक्पा दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै सुनसरीको देवानगंज गाउँपालिका- ६ स्थित अस्थाई प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरी टोलीले १० के.जी. गाँजा सहित को. २७ प ८०४१ नम्बरको मोटरसाईकल र चालक देवानगंज- ५ का ३५ बर्षीय गोपाल बहरदार र मोटरसाईकल पछाडी सवार ३६ बर्षीय राम बालक पासवानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।