सुनसरी, मोरङ र पाँचथरबाट लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर, जेठ १८ गते । सुनसरी, मोरङ र पाँचथर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका जिल्ला प्रहरी कार्यालय पाँचथरबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले फिदिम नगरपालिका-४ का २३ बर्षीय सरोज पदालुङ (लिम्बु) को साथबाट ५० मिलिग्राम ब्राउनसुगर र फिदिम-१ का २३ बर्षीय चुक्से भन्ने दिल बहादुर राईको साथबाट ८० मिलिग्राम ब्राउन सुगर, नगद ४३ हजार ६ सय रुपैँया सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ३६ बर्षीय राम चन्द्र खड्का र २२ बर्षीय सुजन परियारलाई इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले स्पाइसरेष्ट र ट्रामानिल समेत गरी ३ सय ७० ट्याब्लेट निषेधित औषधी सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-१ का ३१ बर्षीय सुमन तामाङलाई लुपिजेसिक, फेनारागन, डाईजेपाम र एभिल गरी जम्मा ३६ एम्पुल औषधी सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।