हावाहुरीले घरको छाना उडायो, दर्जनौं विद्युत पोल ढले

सञ्जय मिश्रा, रौतहट । रौतहटस्थित विहीबार साझँ  आएको  हावाहुरीले कैयौं घरको छाना उडाएर लाखौँ बराबरको क्षती भएको छ। चन्द्रपुर केन्द्रित हावा हुरीले कैयौं ठाउँको दर्जनौं विधुत पोल ढलेर विभिन्न ठाउँको विद्युत अवरुद्ध भएको छ । हावा हुरीले चन्द्रपुर नगरपालिका ६ स्थित सत्यनारायण भगतको घरको इलबेष्टरको छाना उडाउँदा ८ लाख बराबरको क्षती भएको छ।

त्यसैगरी वडा ५ का महिचन साह, रूपनारायण साह, प्रभुराज सिलवाल, रामाबिनय यादव, वडा ६ का भिमाबिर पहरी,४ का सुन्तली पहरी, का धर्मेन्द्र माझी, रामवीर माझी लगायतको घरको छाना उडाएर २० लाख ६० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

चन्द्रपुरमा ५० भन्दा बढी विद्युत पोल ढलेको छ । हावा हुरीले  दर्जनौं बिजुलीको पोलका भाचिनुका साथै एउटा २०० केवीको ट्रानसफर्मरमा क्षती पुगेको छ। विद्युत पोल ट्रानफर्मार र अन्य उपकरण समेत गरि ३० लाख भन्दा बढीको क्षती भएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताएका छन। हावाहुरीले गरेको क्षति बारे अनुगमन तथा भाँचेको पोल गाड्ने काम भईरहेको कारण चन्द्रपुरको अधिकांस स्थानमा विद्युत अवरुद्ध भएको प्रमुख यादवले जानकारी दिएका छन।

त्यसैगरी हावाहुरीले कटहरिया स्थित एउटा ११ केविको पोल ढलेको छ। हावाहुरीले फलफूल तथा अन्नबालीमा समेत क्षति पुर्याउँदा  किसानहरु मर्कामा परेका छन् । बिहीवार साँझको हावा हुरीले जिल्लाको अन्य स्थानमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।