पाँचथरको फिदिमबाट अवैध लागूऔषध सहित लिम्बु पक्राउ

पांचथर । पाँचथरको फिदिम नगरपालिका-४ गढि बस्ने २३ वर्षीय सरोज पदालुङ लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित बिहीबार दिउँसो उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-१ बरडाँडा बस्ने २३ वर्षीय चुक्से भन्ने दिल बहादुर राईबाट खरिद गरी ल्याएको भनी खुल्न आएपछि राईको घर तलासी गर्दा थप ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी राईलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।