सुनसरी, उदयपुर र पाँचथरबाट लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर, जेठ १९ गते । सुनसरी, उदयपुर र पाँचथरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध बेचबिखान भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले पाँचथरको फिदिम नगरपालिका- १० घर भई हाल फिदिम- ११ स्थित बस्दै आएका ३० बर्षीय हुसेन बहादुर कटुवाललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर, Tramadol ४५ ट्याब्लेट, Spaspain ६ ट्याब्लेट र नगद ३ हजार ७९० रुपैँया फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका- ६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बा.९५ प. ९५१२ नम्बरको मोटरसाईकलबाट डाईजेपाम, फेनारागन र बुप्रिनोर्फिन गरी जम्मा ४११ एम्पुल नियन्त्रित औषधी बरामद गरेसगै मोटरसाईकल चालक त्रियुगा- ११ का २८ बर्षीय प्रमेश भन्ने अमर बहादुर कार्की र मोटरसाईकल पछाडी सवार त्रियुगा- १२ का २१ बर्षीय राजेश भन्ने चन्द्र बहादुर कार्कीलाई समेत पक्राउ गरेको हो भने अस्थाई प्रहरी चौकी सिनुवारी सुनसरीबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका- ६ बाट को १ ह २०५२ नम्बरको अटोलाई चेकजाँच गर्दा उक्त अटोमा लुकाईछिपाई ल्याउदै गरेको २८ के.जी. ३ ग्राम गाँजा बरामद गरेसगै अटो चालक धरान- १६ का २० बर्षीय अर्जुन राई, अटोमा सवार २० बर्षीय प्रविन राई र १७ बर्षीया अन्जना तामाङलाई पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।