मोरङबाट अवैध लागूऔषध सहित २ जना पक्राउ
मोरङ । मोरङको धनपालथान गाउँपालिका-३ टिटैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुन्दर हरैचा नगरपालिका-४ बस्ने २९ वर्षीय राम कुमार चौधरी र रंगेली नगरपालिका-३ बेतौना बस्ने २४ वर्षीय सुरेन्द्र मर्डी रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४१ प ९३९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


