दलित आवासको नाममा ठगी गर्ने गिरोह कारबाहीको दायरामा

सञ्जय मिश्रा/रौतहट-  रौतहट प्रहरीको गरीब-विपन्नको घर बनाउने भन्दै लाखौंलाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ। विपन्न दलित तथा गरीबलाई आवास बनाउने नाममा लाखौं ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।

स्थानीय माधवनारायण नगरपालिका-८ रजावाडा गाउँका गरीबलाई मधेश प्रदेश सहरी विकास मन्त्रालयले आवास बनाउने कार्यादेश आएको छ, १० देखि ४० हजारसम्म खर्च लाग्छ भनेर सयौं मानिसलाई ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको हो।

पक्राउ पर्नेमा माधवनारायण-७ लौकाहाका ५२ वर्षीय रामनाथ माझी, प्रकाश माझी, गरुडा नगरपालिका-६ का ४० वर्षीय राकेश महरा, ९ नम्बर वडाका का २५ वर्षीय सिकिन्दर ठाकुर, ४५ की रामकली देवी, वडा नम्बर ५ का ७१ वर्षीय मुङलाल महरा  रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसी एलिजा गिरीले बताएकी छिन्।

उनीहरूमाथि ठगी सम्बन्धी मुद्दा दायर गरी अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्। गिरोहले बागमती किनारमा रहेको रजावाडा गाँउका एक सय भन्दा बढी सोझा परिवारको घर बनाउने योजना देखाएर ५० औं लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता तथा डिएस्पी गिरीले जानकारी दिएकी छिन्।

यसैबीच, सता पक्षका एक जना कथित ठूला नेताले आरोपीलाई छोड्न रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई आइतबार दवाब दिएका थिए।

तर एसपी घिमिरे भने आफ्नो अडान अथवा न्यायको पक्षबाट हटेनन्। पीडितको पक्षमा खुलेरै जवाफ दिएका थिए।

उनले कथित ठूला नेतालाई भनेका थिए, ‘तपाईंले जिल्ला प्रहरी कार्यालयमा आएर पीडितको पैसा तिर्ने कागज गरेपछि मात्रै आरोपीलाई छोड्छु।’

त्यसपछि ती नेताल् हरेश खाएका थिए। एसपी घिमिरेको यो कदमको जिल्ला बासीले खुलेरै सराहना गरेका छन्।

रौतहट प्रहरी प्रमुखको रूपमा एसपी घिमिरे आएदेखि जिल्लामा आपराधिक क्रियाकलाप, चोरी तस्करी, तुलनात्मक रूपमा काम हुनुका साथै विभिन्न सामाजिक विकृति विसङ्गतिविरुद्ध पनि विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।