इलाममा रतुवा खोलाले बोलेरो जीप बगाँउदा ज्यान गुमाएका महिला र बालकको खुल्यो पहिचान

इलाम । दमक-चिसापानी-रवि सडक खण्ड अन्तर्गत इलामको चुलाचुलीमा रतुवा खोलाले बोलेरो जीप बगाँउदा ज्यान गुमाएका महिला र बालकको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ज्यान गुमाउनेमा इलामको माङसेवुङ-५ कि सर्मिला फागो र माङसेवुङ-३ की निरु लिम्बूका तीन वर्षीय छोरा नियन नेम्वाङ छन् ।

निरुको भने घाइते अवस्थामा उद्वार गरी उपचारार्थ दमकको लाइफलाईन अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी (डिएसपी) प्रकाश जवेगूले बताए ।

झापाको दमक देखि इलामको लारुम्बाका लागि छुटेको लु १ ९४९१ नम्बरको बेलेरो सोमबार साँझ करिब छ बजे चुलाचुलीको चपेटी क्षेत्रमा रतुवा खोलाले बगाएको थियो ।

बोलेरोमा सवारमध्ये ३ जना खोलाबाट पौडेर बाहिर निस्केका छन् । चालक भने सम्पर्क बाहिर छन् ।-रुटिन अफ इलाम बन्दबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।