फिदिमको मुवा झरनामा लडेर घाईते भएका युवकको मृत्यु
फिदिम । फालेलुङ गाँउपालिका ५ र ६ को सिमानामा अवस्थित मुवा झरना घुम्ने क्रममा लडेर घाईते भएका युवकको मृत्यु भएको छ ।
फिदिम नगरपालिका २ रमितेका एल्सन मगरको उपचारका लागि झापा लाने क्रममा गएराति मृत्यु भएको हो ।
लडेर गम्भीर घाईते भएका मगरको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापा रेफर गरिएको थियो ।
