इलाममा बोलेरो गाडी खोलाले बगाउदा १ बालक सहित २ जनाको मृत्यु

इलाम, जेठ २२ गते । इलामको चुलाचुली गाउँपालिका- ५ चपेटी स्थितमा बोलेरो गाडीलाई खोलाले बगाउदा १ बालक सहित २ जनाको मृत्यु भएको छ ।

हिजो बेलुका ६ बजे दमकदेखि माङ्सेबुङतर्फ जाँदै गरेको लु. १ च ९४९१ नम्बरको बोलेरो गाडीलाई रतुवा खोला पार गर्ने क्रममा खोलामा आएको बाढीले गाडी बगाइ बेपत्ता भएको भन्ने खबर प्राप्त भएसगै खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा घटनास्थल देखि अन्दाजी २ किलोमिटर आसपासमा माङ्सेबुङ गाउँपालिका- ५ की ३१ बर्षीय सर्मिला वानेम र माङ्सेबुङ गाउँपालिका- ३ का निरु लिम्बुको ३ बर्षीय छोरा निहाङ लिम्बुलाई मृत अवस्थामा फेला पारेको थियो ।

घटनामा परी घाईते भएका २७ बर्षीय निरु लिम्बुको लाइफ लाइन अस्पतालमा उपचार भईरहेको छ ।

चालक माङ्सेबुङ गाउँपालिका- ५ का २२ बर्षीय नेत्रहाङ राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।