सुनसरीको ईनरुवाबाट मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ
सुनसरी, जेठ २२ गते । सुनसरीको ईनरुवा नगरपालिका- ४ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमवार बेलुका साढे ९ बजे स्थानीय राम नारायण मेहेताले आफ्नै घर अगाडी पार्कीङ गरी राखेको को. १० प ९९८८ नम्बरको मोटरसाईकललाई धनुषाधाम नगरपालिका- ९ का २१ बर्षीय संजय कुमार रवि दासले चोरी गर्दै गरेको अवस्थामा प्रहरीको गस्ति टोलीले फेला पारी नियन्त्रणमा लिईएको हो ।
पक्राउ परेका उनको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।


