धनकुटाका कार्की सप्तरीको लजमा मृत फेला

धनकुटा । सप्तरीको कञ्चनरुप नगरपालिका -८ स्थित बेरियरमा रहेको एक लजमा मंगलबार एकजना युवक मृत भेटिएको छ। धनकुटाको मगालक्ष्मी नगरपालिका १ खाप्रांगका करिब २८ वर्षका सुजन कार्की स्थानीय एन्जिल्ला लजको कोठा नम्बर -९ मा मृत भेटिएको हो ।

लज संचालकले जानकारी गाराउन साथ घटना स्थलमा पुग्दा कार्की पंखामा घाँटी पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले जनाएको छ । सोमबार (हिजो) दिउँसो करिब ३ बजेको समयमा उक्त लजमा कार्की बस्न आएको लजका सञ्चालक दिल बहादुर शाही ठकुरीले बताए ।

“सोमबार बेलुकाको खाना खान बोलाउँदा कार्कीले एक छिनमा आउँछु भनेपनि खान भने आएन”,होटल संचालक साहीले भने, “मंगलबार बिहान चेक आउट गर्न जाँदा भित्रबाट कोठा बन्द थियो । पटक – पटक कोठा खोल्ने प्रयास गरेपनी भित्रबाट नखोलेपछि ईलाका प्रहरी कार्यालय कञ्चनपुरलाई जानकारी गराएँ ।” “अनि प्रहरीले ढोका खोल्दा कार्की पंखामा झुन्डिएको अवस्थामा देखियो” उनले भने । लासको सर्जिमिन मुचुल्का लगायतका कार्य स्थानीय जनप्रतिनिधिको रोहबरमा सम्पन्न गरि सकिएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

घटना बारे थप अनुसन्धान भइरहेको तथा शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज पठाइएको उनले जानकारी दिए ।-स्रोत :सिरहा टाइम्स

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।