विराटनगर महानगरको आयोजनामा बाल भेला सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि बालभेला दसौं सुरु भएको छ ।

भेलाको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । १९ वटै वडाबाट बालबालिकाको प्रतिनिधित्व रहेको भेलालाई सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर महानगरपालिकालाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भइरहेको बताउनुभयो । उहाँले तत्कालीन गाउँ विकास समिति बुधनगर र झापाबैजनाथपुरलाई विराटनगरमा गाभेका कारण बालमैत्री महानगर बनाउन समस्या भएको उल्लेख गर्नुभयो ।

उपहानगरपालिका हुँदा बालमैत्री नगर घोषणा गरिए पनि ग्रामीण क्षेत्रलाई समेटेर महानगरपालिका बनाएपछि घोषणामा समस्या देखिएको मेयर कोइरालाको भनाइ थियो । मेयर कोइरालाले बालबालिकाको हकहित र संरक्षणमा महानगरपालिका सधैं तयार रहेको प्रस्ट पार्नुभयो । बालक्बलले गर्ने राम्रो कार्यका लागि बजेटको अभाव हुन नदिने मेयर कोइरालाले प्रतिबद्धतासमेत जनाउनुभयो । ‘तपाईं बालबालिकाहरूले राम्रो काम गर्नुहोस् । राम्रो काम गर्दा महानगरले बजेटको अभाव हुन दिँदैन,’ मेयर कोइरालाले भन्नुभयो, ‘रातो किताबमै उल्लेख नभए पनि बजेटको अभाव हुन दिँदैनौं ।’

कार्यक्रममा वडा नम्बर १ का अध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले बालक्लबले देखिने गरी कुनै कार्य गर्न नसकेको भन्दै गुनासो गर्नुभयो । वडाले बजेट छुट्याउँदा पनि वडास्तरको बालक्बले कुनै कार्यक्रम नगरेको उहाँको भनाइ थियो । ‘विगत एक वर्षदेखि बालक्बल एकदमै निस्कृय भएको छ,’ बस्नेतले भन्नुभयो, ‘केही समस्या छन् भने भन्नुप¥यो नत्र भने क्लबलाई सक्रिय बनाउनु प¥यो ।’

महानगरको महिला बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीले महानगरलाई बालमैत्री नगर बनाउने गरी तयारी अगाडि बढाइएको जानकारी दिनुभयो । बालमैत्री नगर घोषणा गर्न आवश्यक पर्ने ५१ सूचकमध्ये केही सूचक पूरा गर्न अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था देखिएको उहाँको भनाइ थियो ।

महानगर बालक्बल सञ्जालका अध्यक्ष आदित्य झाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, १५ का प्रकाश साह, १९ का श्याम घिमिरे, महानगर बालक्बल सञ्चालका पूर्वअध्यक्ष गौतम मण्डल, क्लबकी उपाध्यक्ष दीक्षा आचार्यलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । शनिबारसम्म सञ्चालक हुने भेलाले नयाँ बालक्लब सञ्जालको पुनर्गठनसमेत गर्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।