नगरले व्यवस्थापनमा वेवास्ता गरेपछि फोहोर बोकेका गाडी कार्यालय परिसरमा

विशाल बस्नेत/ २५ जेठ, महोत्तरी । शुक्रवार दिनभरी फोहोर वोकेका तीन वटा गाडीहरु बर्दिवास नगर कार्यापालिकाको कार्यालय परिसरमा  थिए ।  परिसरभित्रै रहेका गाडीवाट आएको दुर्गन्धले सेवाग्राहीहरु मुख छोपीरहेको थिए भने भरिभराउ फोहोरका गाडीहरुले कौतहुलता जगाईरहेको थियो ।

नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराउदा पनि फोहोर व्यवस्थापन हुन नसकेपछी स्थानियहरुले फोहोरका गाडीलाई नियन्त्रणमा लिएर  कार्यालय परिसरमा राखेको दृश्य हो यो ।

सागरनाथ वन परियोजनाको वन क्षेत्रमा नगरले अघोषित डम्पिङ्ग साईड वनाएपछी अहिले स्थानियहरु आन्दोलित भएका छन । नगर क्षेत्रवाट उठाएको फोहोर वन क्षेत्रमा डम्पिङ्ग साइड वनाउदा वन्यजन्तु मृत भेटिएका छन भने चरनमा जाने पशुचौपाया समेत मरेको स्थानियहरुको गुनासो छ  ।

यही समस्यालाई लिएर स्थानिय युवाहरुले ४ दिनभित्र सावधान निकाल्ने सर्तमा गाडीहरु परिसरवाट हटाएका छन । उनिहरुले निर्धारित मितिमा व्यवस्थापन हुन नसके डम्पिङ्ग साइड कार्यापालिका परिसरमा नै वनाउने  चेतावनी दिएका छन ।

स्थानिय युवाहरु विजय पोखरेल, अशोक महतो, नारायण अधिकारी, सुरेन्द्र साह लगायतका युवाहरुले ७ दिने समय दिएर ज्ञापनपत्र समेत बुझाएका छन । ज्ञापनपत्रमा वन क्षेत्रमा फ्याकेको फोहोरको दुर्गन्ध र खानाले वन्यजन्तु र मानिसहरुमा समेत गम्भीर असर परिरहेकोप्रती ध्यानाकर्षण जनाईएको छ ।

यता सम्झौताअनुसार नगरले डम्पिङ्ग साइडको व्यवस्थापन नगरेपछी फोहोर वन क्षेत्रमा नै  फ्याक्न बाध्य भएको ठेक्केदार कम्पनीले जिकिर गरेको छ ।

सम्झौतामा नगरवाट निस्कने फोहोरको लागि रिसाईकलिङ्ग गर्न भौतिक पुर्वाधार निर्माण गर्ने सर्त थियो तर सम्झौता भएको ४ बर्ष वितिसक्दा पनि संरचना वन्न नसकेपछि वन क्षेत्रमा फोहोर फ्याक्न वाध्य भएको ठेक्केदार कम्पनी हिटा हेभी मेसनरी एण्ड रिसाइकल प्रालीले जनाएको छ ।

यस्का संचालक रिन्चेन साङपो सेर्पा नगरसगँ भएको प्रतिवद्वतामा आफुहरु अडिग भएको र नगरले पनि इमान्दारिता देखाउनुपर्ने वताउछन । तर नगरले भने ठेक्केदार कम्पनीले नै इमान्दारिता नदेखाएको र सम्झौता नविकरणमा पुन:विचार गरेर भएपनी सावधान निकाल्ने दावी गरेको छ ।
नगर प्रबक्ता विजय महतोले अघिल्लो स्थानिय सरकारवाट नै  सम्झौता गलत भएको जिकिर गरे । `अघिल्लो स्थानिय सरकारले सम्झौता गर्दा २० बर्षको गरिएको रहेछ ।´ उन्ले भने । `काम भनेजसरी अगाडि बढन सकेको छैन ।´

नेपालको संविधान धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा वाच्न र वातावरणिय प्रदुषण वा ह्रासवाट हुने क्षती बापत पिडितलाई कानुन वम्मोजिम क्षतिपूर्ति पाउने हक सुनिश्यत गरेको छ ।
तर वन क्षेत्रमा फ्याकेको दुर्गन्धका कारण रोग समेत लागेको स्थानियहरुले गुनासो गरेतापनी नगरवाट यस्को सुनुवाई हुन सकेको छैन भने वन्यजन्तु अधिकारको समेत गम्भीर उल्लंघन भएको छ ।

संविधानले फोहोरमैला संकलन, प्रशोधन र व्यवस्थापनको लागि आवस्यक पुर्वाधारहरुको निर्माण र संचालनको जिम्मेवारी स्थानिय तहलाई दिएको छ । 

स्थानिय सरकार संचालन ऐन २०७४ ले समेत  स्थानियस्तरको सरसफाई व्यवस्थापनको जिम्मेवारी स्थानिय तहको हुने स्पष्ट व्यवस्था गरेको छ तर स्थानिय सरकारले कार्यक्षेत्र र अधिकार नबुझ्दा नगरभित्रको फोहोर ठूलो समस्याकोरुपमा सिर्जना भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।