मोरङबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
मोरङ, जेठ २६ गते । मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट प्रहरी टोलीले बिराटनगर- १५ स्थितमा शंकास्पद अवस्थामा भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री बेलबारी नगरपालिका-१ का २८ बर्षिय दल बहादुर आले र लेटाङ नगरपालिका-१ का २० बर्षीय बिशाल राईलाई चेक जाँच गर्दा उनिहरुको साथबाट २ ग्राम २७ मिलिग्राम ब्राउन सुगर र बिराटनगर-१५ का ३८ बर्षीय पप्पु पाठकको साथबाट ६८ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको प्रहरीले थप अनुसन्धान गरिरहको छ ।


