धनकुटा चौबिसे गाउँपालिकाकी १५ दिनकी सुत्केरी गरिमा लिम्बूले दिइन् लिम्बू भाषा कक्षा ११ को परीक्षा

पान्थर । लिम्बु भाषा उच्च माध्यमिक शिक्षा परिषदबाग सञ्चालित लिम्बु भाषा(याक्थुङ पा:न्दाङ नु साप्सक्)काे कक्षा ११ र १२ काे परीक्षा सम्पन्न भएको छ ।

बोर्डले शैक्षिक शत्र २०८० को कक्षा १२ को परीक्षा शुक्रबार र कक्षा ११ को परिक्षा शनिबार सञ्चालन गरेको हो । शैक्षिक सत्र २०८० मा २४५ जना परीक्षार्थीहरूले परीक्षा लेखेको लिम्बु भाषा उच्च माध्यमिक शिक्षा परिषदकी परीक्षा नियन्त्रक तथा सत्यहाङ्मा माविकी प्रधानाध्यापक अमिता सुब्बाले बताइन् ।

पाँचथरको फाल्गुनन्द-२ इम्बुङस्थित सत्यहाङमा मावि, कुम्मायक-१ यासोकस्थित पृथ्वी मावि, फिदिम-१० याङनामस्थित खलङगाटार मावि, इलामको माङसेबुङ-५ भालुटारस्थित सरस्वती मावि, ताप्लेजुङको फक्ताङलुङ-३ लिङखिमस्थित सिंवा मावि र मोरङको केराबारी-१ पाटीगाउँस्थित सरस्वती माविले बोर्डबाट सम्बन्धन लिई कक्षा ११ र १२ मा लिम्बू भाषा पठनपाठन गराईरहेको बोर्डका संयोजक मलिसा याक्थुङबाले जनाए ।

सत्यहाङमा मावि, पृथ्वी मावि, खलङगाटार मावि, इलामको सरस्वती मावि, ताप्लेजुङको सिंवा मावि र मोरङको सरस्वती मावि परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको परिक्षा नियन्त्रक सुब्बाले बताइन् ।

(१५ दिनकी सुत्केरी गरिमा लिम्बु आफ्नो नवजात शिशुका साथ कक्षा ११ काे परीक्षा लेख्दै )

तीमध्ये मोरङ जिल्ला केराबारी १ पाटीगाउँस्थित सरस्वति मावि मा कक्षा ११ को परीक्षा धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ६ की १५ दिनकी सुत्केरी रहेकी गरिमा लिम्बूले समेत लेखेकाे बाेर्डले जनाएको छ । २०६६ सालबाट लिम्बुवानमा कक्षा ११ मा याक्थुङ लिम्बु भाषाको पठनपाठन सुरु भएको हाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।